काठमाडौँ उपत्यकामा थप १६३० जनामा कोरोना संक्रमण

220
Shares

काठमाडौँ, १७ कात्तिक । काठमाडौँ उपत्यकामा सोमबार १ हजार ६३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो चौविस घण्टाको प्रेस नोटमा उपत्यकाको तीन जिल्लामा १ हजार ६३० जनामा कोरोना संक्रमण थपिएको बताएको छ । त्यसमा काठमाडौँमा १ हजार ३२९ जना, भक्तपुरमा १०८ जना र ललितपुरमा १९३ जना रहेका छन् ।

आज उपत्यकामा थपिएको संक्रमितको संख्या देशभर थपिएको कुल संख्याको ५६ प्रतिशत हो ।

आज देशभर २ हजार ९३३ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयले पछिल्लो चौविस घण्टामा १३ हजार ४४६ जनाको पीसीआर परीक्षण गरिएको बताएको छ ।

यस्तै सोही अवधीमा ३१५० जना कोरोना संक्रमणमुक्त भएको बताएको छ । मन्त्रालयका अनुसार तर यहि अवधीमा देशभर थप २४ जनाको मृत्यु भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *