पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना संक्रमण, ३६२० जना संक्रमणमुक्त

काठमाडौँ, १६ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरस देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १३ हजार २३ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ हजार ८ सय २४ जनाको पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ रहेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हजार ६ सय २० जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ ।

त्यसैगरी क्वारेनटिनमा २ हजार ३ सय ८६ जना छन् । आइसोलेसनमा ३७ हजार ७ सय ६५ जना रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *