पछिल्लो २४ घण्टामा थप २५०८ जनामा कोरोना संक्रमण, २२६४ जना डिस्चार्ज


काठमाडौँ, १५ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरस देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ९ हजार २ सय ७९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ हजार ५ सय ८ जनाको पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ५ सय ८४ रहेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार २ सय ६४ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या १ लाख ३१ हजार २ सय २२ पुगेको छ ।

त्यसैगरी क्वारेनटिनमा २ हजार ४ सय १० जना छन् । आइसोलेसनमा ३८ हजार ५ सय ८४ जना रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *