काठमाडौँ उपत्यकामा थप १८८८ जनामा कोरोना संक्रमण

काठमाडौँ, १४ कात्तिक । शुक्रबार काठमाडौँ उपत्यकामा थप १ हजार ८८८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौविस घण्टाको कोरोना भाइरस सम्वन्धी विवरण जारी गर्दा काठमाडौँ उपत्यकाका तीन जिल्लामा १ हजार ८८८ जनामा कोरोना पुष्टि भएको हो ।

प्राप्त विवरण अनुसार पछिल्लो चौविस घण्टामा काठमाडौँमा, १ हजार ५०८ जना, ललितपुरमा २४९ जना र भक्तपुरमा १३१ जना नयाँ व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

यो संख्या आज देशभर देखिएको कुल संक्रमण संख्याको ५३.६८ प्रतिशत हो । पछिल्लो चौविस घण्टामा देशभर १४ हजार ९८९ जनाको पीसीआर परीक्षण भएको छ भने पीसीआर पोजेटिभ आउनेको संख्या ३ हजार ५१७ रहेको छ । यहि अवधीमा ४ हजार ९६ जना भने कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

आजको नयाँ संक्रमित र कोरोना मुक्त भएकाहरुको विवरण केलाउँदा उपत्यकामा सक्रिय संक्रमितको संख्या १९ हजार ७५२ रहेको छ । यो संख्या हिजोको तुलनामा केही कम हो ।

मन्त्रालयले अहिले काठमाडौँमा १६ हजार २४२ जना सक्रिय संक्रमित रहेको, भक्तपुरमा १ हजार १६५ जना र ललितपुरमा २ हजार ३४५ जनामा कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *