पछिल्लो २४ घण्टामा थप २३६४ जनामा कोरोना संक्रमण, ३०३८ जना डिस्चार्ज

काठमाडौँ, १३ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ३ सय ६४ जनामा कोरोना भाइरस देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ९ हजार ७ सय ६९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ हजार ३ सय ६४ जनाको पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय ५२ रहेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ३८ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या १ लाख २४ हजार ८ सय ६२ पुगेको छ । चौबिस घण्टमा थप १७ जनाको मृत्यु भएको छ । भने हालसम्म मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *