पछिल्लो २४ घण्टामा देशभर थपिए २८५६ जना संक्रमित, ३३३६ जना डिस्चार्ज

184
Shares

काठमाडौँ, ९ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ८ सय ५६ जना कोरोना भाइरस(कोभिड-१९)संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १२ हजार ३ सय ५१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ हजार ८ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । त्यसैगरी हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ४५ हजार ५ सय ७२ रहेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हाजार ३ सय ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यो सहित निको भइ घर फर्किनेको कुल संख्या १ लाख ८ हजार ३ सय ३४ पुगेको छ ।

देशभरका क्वारेनटिनमा ३ हजार ६४ जना रहेका छन् । होम आइसोलेसनमा ३२ हजार ५ सय ९३ जना रहेका छन् । त्यसैगरी आइसीयूमा २ सय ७७ र भेन्टीलेटरमा ६६ जना उपचाररत छन् । चौबिस घण्टमा थप ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *