काठमाडौं उपत्यकामा थप १५५२ जनामा कोरोना संक्रमण

196
Shares

 काठमाडौँ, ६ कात्तिक । काठमाडौँ उपत्यकामा आज थप १ हजार ५५२ जनामा कोरोना संक्रमण देएिको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार २८३ जना, भक्तपुरमा ११२ जना र ललितपुरमा १५७ जना रहेका छन् ।

आज देशभर थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो चौविस घण्टामा १५ हजार २५५ जनाको पीसीआर गरिएको बताए । उनले यहि अवधीमा ३ हजार २१५ जना कोरोनाबाट मुक्त भएको समेत जानकारी दिए ।

मन्त्रालयका अनुसार आजसम्म देशभर कोरोनाको संक्रीय संक्रमितको संख्या ४४ हजार ८७७ जना रहेको छ । त्यसमध्ये १३ हजार ३३९ जना अस्पतालमा भर्ना भई उपचार लिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *