पछिल्लो २४ घण्टामा देशभर थप ३७९० जनामा कोरोना संक्रमण, २३३५ जना डिस्चार्ज

काठमाडौँ, ३ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप ३ हजार ७ सय ९० जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १५ हजार ७ सय १४ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३ हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ३ हजार ७ सय ९० जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ रहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप २ हाजार ३ सय ३५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ९४ हजार ५ सय १ पुगेको छ ।

देशभरका क्वारेनटिनमा ४ हजार ४ सय ७० जना रहेका छन् । होम आइसोलेसनमा २६ हजार ९ सय २७ रहेका छन् । संस्थागत आइसोलेसनमा १३ हजार ८ सय ५१ छन् । आइसीयूमा २ सय ८२ र भन्टीलेटरमा ६३ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *