पर्वतमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

188
Shares


पर्वत, ३ कात्तिक । पर्वतमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।  बाग्लुङ घर भएकी ४८ बर्षीया संक्रमित महिलाको  हिजो साँझ ७:०० बजे पर्बत जिल्ला अस्पतालमा उपचारका क्रममा मुत्यु भएको हो ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराबाट प्राप्त प्रतिबेदन अनुसार कात्तिक २ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । उनमा मधुमेहको समेत समस्या रहेको  जिल्ला अस्पताल पर्बतका मे.शु.ले जानकारी दिए । यस संगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *