कोरोना उपचारका लागि अब सबै अस्पताल र मेडिकल कलेजले ५० प्रतिशत शैय्या छुट्याउन पर्ने

काठमाडौँ, २ कात्तिक । सरकारले कोरोना संक्रमितको उपचारका लागि निजी सहकारी, सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरुलाई कम्तिमा ५० प्रतिशत शैय्या छुट्याउन निर्देशन दिएको छ ।

यसअघि निजी सहकारी, सामुदायिक अस्पतालहरुलाई कम्तीमा २० प्रतिशत र मेडिकल कलेजहरुलाई कम्तिमा ३३ प्रतिशत शैय्या छुट्याउन निर्देशन दिएको थियो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गत २९ असोजको निर्णय अनुसार शैय्या छुट्याउने सम्वन्धी व्यवस्थालाई परिवर्तन गरिएको बताए । उनले देशभर संक्रमितको संख्या बढेको र लक्षण भएका संक्रमितको उपचार गर्न अस्पतालमा शैय्या अभाव हुन थालेपछि यस्तो निर्णय गरेको स्पष्ट पारे ।

त्यसो त मन्त्रालयले यसअघि अस्पतालबाट डिस्चार्ज गर्नका लागि १० दिन पीसीआर गरी नेगेटिभ भए डिस्चार्ज गर्ने वा नभए १४ दिनमा डिस्चार्ज गर्ने भनेको थियो । तर पछिल्लो ३ दिनमा लक्षण र संकेत देखिएन भने १० दिनमै डिस्चार्ज दिन सकिने समेत निर्णय भएको सुनाए ।

अहिले देशभर कोरोनाबाट संक्रीय संक्रमितको संख्या ३९ हजार ३४१ जना रहेको छ । संख्या बढ्दै जाँदा अस्पतालहरुमा शैय्या अभाव छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *