पछिल्लो २४ घण्टामा देशभर थपिए २९४२ जना कोरोना संक्रमित, २३२६ डिस्चार्ज

काठमाडौँ, २ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ९ सय ४२ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १४ हजार ८ सय ७५ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ हजार ९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा २ हजार ९ सय ४२ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ सय ४ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ रहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप २ हाजार ३ सय २६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ९२ हजार १ सय ६६ पुगेको छ ।

देशभरका क्वारेनटिनमा ४ हजार ८ सय ३१ जना रहेका छन् । होम आइसोलेसनमा २६ हजार ४ सय ८ रहेका छन् । संस्थागत आइसोलेसनमा १२ हजार ९ सय ३३ छन् । आइसीयूमा ३ सय १ र भन्टीलेटरमा ६६ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *