काठमाडौँ उपत्यकामा थप २४०२ जनामा कोरोना संक्रमण

20
Shares

काठमाडौँ, ३० असोज । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ४०२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौँमा १ हजार ७८४ जना, भक्तपुरमा २४४ जना र ललितपुरमा ३४४ जना गरी कुल २ हजार ४०२ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो चौविस घण्टामा १६ हजार ५३१ जनाको पीसीआर परीक्षण भएको छ । उनका अनुसार आज देशभर ४ हजार ३९२ जना पोजेटिभ देखिएको छ ।

यहि अवधीमा ३ हजार ५२२ जनाले कोरोना जितेर मुक्त भएका छन् । यो संगै देशभर संक्रीय संक्रमितको संख्या ३७ हजार ३८२ जना पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *