पछिल्लो २४ घण्टामा देशभर थप ४३९२ जनामा कोरोना संक्रमण, ३५२२ जना डिस्चार्ज

काठमाडौँ, ३० असोज । पछिल्लो चौविस घण्टामा देशभर थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १६ हजार ५ सय ३१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ४ हजार ३ सय ९२जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ४ हजार ३ सय ९२ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ रहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ३ हाजार ५ सय २२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ ।

देशभरका क्वारेनटिनमा ४ हजार ८ सय ८ जना रहेका छन् । होम आइसोलेसनमा २५ हजार ४६ रहेका छन् । संस्थागत आइसोलेसनमा १२ हजार ३ सय ३६ छन् । त्यसैगरी आइसीयूमा ३१५ जना र भेन्टीलेटरमा ७७ उपचाररत छन् ।

बिहीवार (हिजो) १६ हजार ५ सय ९८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणमा ३ हजार ७ सय ४९ जनामा संक्रमण देखिएको थियो भने ३ हजार ५ सय ६४ जना डिस्चार्ज भएका थिए । त्यसैगरी १९ जनाको मृत्यु भएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *