पछिल्लो २४ घण्टामा देशभर थपिए २६३८ जना कोरोना संक्रमित, २१७४ जना डिस्चार्ज

काठमाडौँ, २८ असोज । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस (कोभिड-१९०)संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १३ हजार ९ सय ४७ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा २ हजार ६ सय ३८ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ रहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप २ हाजार १ सय ७४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ८० हजार ९ सय ५४ पुगेको छ ।

देशभरका क्वारेनटिनमा ४ हजार ६ सय ६६ जना रहेका छन् । होम आइसोलेसनमा २१ हजार ५ सय ४८ रहेका छन् । संस्थागत आइसोलेसनमा १४ हजार ८ सय १९ छन् । त्यसैगरी आइसीयूमा ३०५ जना र भेन्टीलेटरमा ७० उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *