पछिल्लो २४ घण्टामा थपिए ३५५६ जना कोरोना संक्रमित, १५०३ जना डिस्चार्ज

काठमाडौँ, २७ असोज । पछिल्लो चौविस घण्टामा देशभर थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १५ हजार ५ सय ७७ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ३ हजार ५ सय ५६ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १ हाजार ५ सय ३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ७८ हजार ७ सय ८० पुगेको छ ।

देशभरका क्वारेनटिनमा ४ हजार ७ सय ९५ जना रहेका छन् । होम आइसोलेसनमा २० हजार ८ सय ६७ रहेका छन् । आइसीयूमा ३ सय ७ जना र भेन्टीलेटरमा ६६ उपचाररत छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *