देशभर एकैदिन थपिए ४०४७ जना कोरोना संक्रमित, १४७३ जना डिस्चार्ज

काठमाडौँ, २६ असोज । पछिल्लो चौविस घण्टामा देशभर थप ४ हजार ४७ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १४ हजार ५ सय ३० जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ४ हजार ४७ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० रहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १ हाजार ४ सय ७३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ७७ हजार २७७ पुगेको छ ।

देशभरका क्वारेनटिनमा ४ हजार ८ सय ३१ जना रहेका छन् । होम आइसोलेसनमा १९ हजार ९ सय ५७ रहेका छन् । संस्थागत आइसोलेसनमा १३ हजार ९ सय २३ छन् ।आइसीयूमा २ सय ७९ जना र भेन्टीलेटरमा ६७ उपचाररत छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *