नेकपाका सांसद दलबहादुर रानालाई कोरोना संक्रमण

काठमाडौँ, १८ असोज । पाल्पा क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका सांसद एवं नेकपाका केन्द्रीय सदस्य दलबहादुर राना कोरोना संक्रमणमा परेका छन् । शनिबार गरिएको पीसीआर परीक्षणमा उनको कोभिड – १९ रिपोर्ट पोजेटिभ आएको हो ।

‘हिजो नमूना दिइएको थियो । आज रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य अवस्था सामान्य नै छ,’ सांसद रानाका स्वकीय सचिव विश्व गैरेले बताए ।

सांसद राना अहिले सानेपास्थित स्टार अस्पतालमा भर्ना भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *