कांग्रेस नेता एवं सांसद गगन थापालाई कोरोना संक्रमण

काठमाडौँ, १७ असोज ।  नेपाली कांग्रेसका नेता, सांसद एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापालाई कोरोना संक्रमण भएको छ । गत विहीबार सानेपास्थित पार्टी कार्यालयमा नमूना लिई पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

सांसद थापाले केही बेर अघि ट्वीट गर्दै आफूलाई कोरोना पोजेटिभ देखिएको सार्वजनिक गरेका छन् । साथै उनले स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेसनमा रहेको समेत जानकारी गराएका छन् ।

ट्वीटमा आफूले आफ्नो सम्पर्कमा आएका सबैलाई आवश्यक सजगता अपनाउन र कुनै सम्पर्क आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्न समेत अनुरोध गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *