स्वास्थ्य राज्यमन्त्रीका स्वकीय सचिवलाई कोरोना, राज्यमन्त्री सहित १५ जना क्वारेन्टिनमा

काठमाडौँ, १७ असोज । स्वास्थ्य राज्यमन्त्री नवराज रावतका प्रमुख स्वकीय सचिव इन्द्र केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रमुख स्वकीय सचिवलाई संक्रमण देखिएपछि राज्यमन्त्री रावतसहित उनका सचिवालयका कर्मचारी तथा सदस्यसहित १५ जना बढी क्वारेन्टिनमा बस्न थालेका छन् ।

‘इन्द्र सरको बिहीबार नमूना दिइएको हो । शुक्रबार (हिजो) रिपोर्ट आयो । र पोजेटिभ आयो । त्यसपछि राज्यमन्त्री ज्यू सहित हामी सबै क्वारेन्टिनमा छौँ,’ स्वास्थ्य राज्यमन्त्रीका निजी सचिव भिमराज सिंहले भने ।

संक्रमित केसी र अन्यको स्वास्थ्य अवस्था भने अहिले सामान्य रहेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *