प्रधानमन्त्री ओलीका सल्लाहकार र निजी सहयोगी गरी चार जनालाई कोरोना संक्रमण

काठमाडौँ, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार तथा सहयोगी गरी चार जनालाई कोरोना भाइरस (कोभिड- १९) को संक्रमण भएको छ ।

प्रधानमन्त्री सचिवालय सदस्य रामशरण बजगाँईका अनुसार अहिलेसम्म राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्टमामिला सल्लाहकार राजन भट्टराई र निजी सचिव इन्द्र भण्डारीलाई कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ ।

उनीहरु सबैले पीसीआर परीक्षणका लागि शुक्रबार स्वाव दिएका थिए । सचिवालयका केही सदस्यहरुको विहीबार नै स्वाव लिएपनि रिपोर्ट आइसकेको छैन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *