काठमाडौँ उपत्यकामा आज थप ११७७ जनामा कोरोना संक्रमण

काठमाडौँ, १७ असोज । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार १७७ जनाका कोरोना संक्रमण देखिएको छ । यो संख्या शुक्रबारको तुलनामा केही कम हो । शुक्रबार उपत्यकामा १ हजार ६३८ जनामा कोरोना संक्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा आज १ हजार १ जना, भक्तपुुरमा ६७ जना र ललितपुरमा १०९ जनामा गरी कुल १ हजार १७७ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज देशभर २ हजार १२० जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा देशभर १२ हजार ९७८ जनाको पीसीआर परीक्षण गरिएको थियो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो चौविस घण्टामा २ हजार ४४ जना कोरोना मुक्त भएको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *