काठमाडौँ उपत्यकामा एकै दिन थपिए १६३८ जना कोरोना संक्रमित


काठमाडौँ, १६ असार । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ६३८ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या उपत्यकामा अहिलेसम्म देखिएको सबैभन्दा बढी हो ।

देशभरमा आज देखिएको कुल संख्याको ६० प्रतिशत हो । आज देशभर २ हजार ७२२ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या पनि एकै दिन देखिएको सबैभन्दा बढी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित कोरोना अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ जिल्लामा मात्रै आज १ हजार २८० जना, ललितपुरमा १६२ जना र भक्तपुरमा १९६ जना गरी कुल १ हजार ६३८ जनामा कोरोना संक्रमण भएको बताए ।

उनले देशभरका प्रयोगशालामा आज १४ हजार ७३९ जनाको पीसीआर परीक्षण गर्दा यति ठूलो संख्यामा रिपोर्ट पोजेटिभ आएको बताए । हुन पनि आज कुल परीक्षण संख्याको १८.४६ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो चौविस घण्टामा ३ हजार ३०७ जनाले कोरोना मुक्त भएको समेत उनले सुनाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *