गण्डकी प्रदेशमा थपिए १८ जना कोरोना संक्रमित


पोखरा, १३ असोज । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखा परेको छ ।

क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार २ जिल्ला कास्कीका १८ र नवलपरासीका ४ जना छन् ।

सबैजना contact tracingबाट पहिचान भएका हुन् ।  उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

यो अपडेटसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ८१३ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *