नेपालगञ्ज मेडिकल कलेजका स्टाफ सहित थप दुई जनाको कोरोनाबाट ज्यान गयो

बाँके, १३ असोज ।  बाँकेमा मंगलबार विहान थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमित पुरुषको मंगलबार विहान मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार कोहलपुर गाँउपालिका १० का ५३ बर्षका पुरुषको मंगलबार विहान ४ १५ बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि ४ असोजमा अस्पताल भर्ना भएका ती पुरुषको ६ असोजमा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो । स्वास्थ्य अवस्था विग्रँदै जाँदा चिकित्सकहरुले प्लाज्मा थेरापी, रेमडिसिभिर औषधिको प्रयोग साथै भेन्टिलेटरमा राखेर उपचार गरेको समेत फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

यस्तै मंगलबार विहान ३ ३० बजे सोही मेडिकल कलेजमा उपचाररत अर्का कोरोना संक्रमितको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिकाका ७ रानी तलाउका ४१ बर्षका पुरुष हुन् । गत ३१ भदौमा मेडिकल कलेजमा भर्ना भएका उनको सोही दिन कोरोना पुष्टि भएको थियो । स्वास्थ्यअवस्था विग्रदै जाँदा चिकित्सकले उनलाई पनि प्लाज्मा थेरापी, रेमडसिभिरको प्रयोग र भेन्टिलेटरको सपोर्ट दिइएको थियो ।

श्रेष्ठले मृत्यु हुनेमध्ये ३९ बर्षीय पुरुष नेपालगञ्ज मेडिकल कलेजको कर्मचारी र ५३ बर्षीय पुरुष पनि सोही मेडिकल कलेजमा काम गर्ने कर्मचारीको श्रीमान भएको बुझिएको जानकारी दिएका छन् । त्यसो त दुई दिन अघि मात्रे सोही मेडिकल कलेजमा कार्यरत अर्का एक जना व्यक्तिको पनि ज्यान गएको थियो ।

बाँकेमा कोरोनाबाट निधन हुनेको संख्या १५ पुगेको छ । जिल्लामा कुल संक्रमित एक हजार ८६० मध्ये एक हजर ५०७ जना उपचारपछि घर फिर्ता भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *