देशभर थपिए १५ सय ७३ जना कोरोना संक्रमित, संक्रमितको संख्या ७३ हजार ३९४

काठमाडौँ, ११ असोज । पछिल्लो चौविस घण्टामा देशभर थप १५ सय ७३ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १० हजार १२३ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १५ सय ७३ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ८ सय ८५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ५३ हजार ८९८ पुगेको छ ।

त्यसैगरी सून्य संक्रमित रहेका जिल्ला ६ वटा छन् भने ५ सय भन्दा बढी संक्रमित भएका जिल्ला ७ वटा छन् ।

देशभरका क्वारेनटिनमा ६ हजार २८१ जना रहेका छन् । होम आइसोलेसनमा १० हजार ६१९ रहेका छन् । संस्थागत आइसोलेसनमा ८ हजार ३२१ छन् त्यसैगरी देशभरका अस्पतालका आइसीयूमा २२५ र भेन्टीलेटरमा ३३ उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *