पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो

48
Shares


काठमाडौँ, १० असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । जसमा ७ जिल्लाका ८ जना पुरुषको ग मृत्यु भएको छ।

सप्तरीमा ६३ वर्षीय, काठमाडौँमा २० र ७४ वर्षीय, भक्तपुरमा ८८ वर्षीय, मकवानपुरमा ७४ वर्षीय, ललितपुरमा ७६ वर्षीय, रुपन्देदीमा ७२ वर्षीय, कैलालीमा ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप १२ सय ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप ११ सय ४७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *