काठमाडौँ उपत्यकामा थप ६४५ जनामा कोरोना संक्रमण
काठमाडौँ, ९ असोज । पछिल्लो चौविस घण्टामा काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा कोरोना संक्रमित थपिएका हुन् ।
यो संगै उपत्यकामा उपत्यकामा कोराना संक्रमितको संख्या १९ हजार ९७४ पुगेको छ।
त्यसमध्ये काठमाडौंमा १६ हजार २६७, ललितपुरमा १ हजार ९१७ र भक्तपुरमा १ हजार ७९० संक्रमित पुगेका छन्।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशभर १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल १२ हजार २६२ जनाको नमूना जाँच गर्दा १ हजार ३१३ जनामा पीसीआर पोजेटिभ देखिएको हो ।
पछिल्लो २४ घन्टामा १४५५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए।
सम्पर्क इमेल : [email protected]