काठमाडौँ उपत्यकामा थप ६४५ जनामा कोरोना संक्रमण

180
Shares

काठमाडौँ, ९ असोज । पछिल्लो चौविस घण्टामा काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा कोरोना संक्रमित थपिएका हुन् ।

यो संगै उपत्यकामा उपत्यकामा कोराना संक्रमितको संख्या १९ हजार ९७४ पुगेको छ।

त्यसमध्ये काठमाडौंमा १६ हजार २६७, ललितपुरमा १ हजार ९१७ र भक्तपुरमा १ हजार ७९० संक्रमित पुगेका छन्।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशभर १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल १२ हजार २६२ जनाको नमूना जाँच गर्दा १ हजार ३१३ जनामा पीसीआर पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घन्टामा १४५५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *