पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४५३पुग्यो

188
Shares

काठमाडौँ, ८ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

जसमा १२ जिल्लाका ५ महिला र १२ पुरुष गरी थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौँ उपत्यकाका ६ जना हुन् ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप १४ सय ९७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप ४५७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

त्यसैगरी देशभरका अस्पतालका आइसीयूमा २३१ जना र भेन्टीलेटरमा २८ जना उपचाररत छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *