गण्डकी प्रदेशमा थपिए २५ जना कोरोना संक्रमित


पोखरा, ७ असोज । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखा परेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार ७ जिल्ला कास्कीका ९, तनहुँका ४, स्याङ्जाका ३, म्याग्दीका १, वागलुङका  २, लमजुङका ५  र नवलपरासीका १ जना छन् ।

कास्की जिल्ला र लमजुङ जिल्लाका व्यक्तिहरु contact tracing  बाट पहिचान भएका हुन् । अन्य जिल्लाका सबै व्यक्तिहरु भारतबाट आई क्वारेन्टाइनमा बसेका छन्

सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

यो अपडेटसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ५४८ पुगेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *