गण्डकी प्रदेशमा थपिए २५ जना कोरोना संक्रमित

88
Shares


पोखरा, ७ असोज । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखा परेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार ७ जिल्ला कास्कीका ९, तनहुँका ४, स्याङ्जाका ३, म्याग्दीका १, वागलुङका  २, लमजुङका ५  र नवलपरासीका १ जना छन् ।

कास्की जिल्ला र लमजुङ जिल्लाका व्यक्तिहरु contact tracing  बाट पहिचान भएका हुन् । अन्य जिल्लाका सबै व्यक्तिहरु भारतबाट आई क्वारेन्टाइनमा बसेका छन्

सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

यो अपडेटसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ५४८ पुगेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *