पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४२९ पुग्यो

64
Shares


काठमाडौँ, ६ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभरका २ वटा जिल्लाका १ महिला र १ पुरुष गरी २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौँका ५० वर्षीय पुरुष र काभ्रेपलाञ्चोककी ५० वर्षीया महिला हुन् ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप १३ सय ५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप ८२३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *