विराट मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु

232
Shares


विराटनगर, ५ असोज । कोरोना सङ्क्रमित एक महिलाको मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ । ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत रहँदा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले बताए ।

उच्च रक्तचाप र कलेजोसम्बन्धी दीर्घ रोग भएकी महिलालाई गत भदौ २९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ ३० गते मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उनको शव व्यवस्थापनको तयारी भइरहेको छ । यससँगै प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *