उपत्यकाको ६ सहित देशभर थप १० जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४११ पुग्यो

काठमाडौँ, ४ असोज । पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकाको ६ जना सहित देशभर थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

७ जिल्लाका ६ जना महिला र ४ जना पुरुष गरी देशभर थप १० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ ।

मृत्यु हुनेमा काठमाडौैँको ४०, ६०, ६३, वर्षीया, ललितपुरकी ७५ वर्षीया, भक्तपुरकी ७२ वर्षीया, पाल्पाकी ४० वर्षीया महिला, धनुषका ७६ वर्षीय, काठमाडौँका ८२ वर्षीय, चितवनका ८० वर्षीय र रुपन्देहीका ७६ वर्षीय पुरुष हुन् ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *