उपत्यकाको ४ सहित थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३९० पुग्यो


काठमाडौँ, २ असोज । पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकाको ४  सहित देशभर थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जसमा ५ जिल्लाका २ महिला र ५ पुरुष गरी देशभर थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ ।

मृत्यु हुनेमा मोरङको २ जना ६६ , ६६ वर्षीय, काठमाडौँका ८८ वर्षीय, भक्तपुरका ८२ वर्षीय, नवलपरासीका ३१ वर्षीय पुरुष, काठमाडौँकी ८५ वर्षीया र ललितपुरकी ६६ वर्षीया महिला हुन् ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।  आजको संक्रमितको संख्या अहिलेसम्मकै धेरै हो । भने थप ८७१ जना कोरोना जितेर घर फर्किएका छन् । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ ।

आइसीयूमा १७३  जना र भेन्टीलेटरमा ३६ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *