देशभर एकैदिन थपिए २ हजार २० जना कोरोना संक्रमित, संक्रमितको संख्या ६१ हजार नाघ्यो

काठमाडौँ, २ असोज । नेपालमा एकै दिन दुई हजार बढी कोरोना संक्रमित भेटिएका छन् । यो नेपालमा एकै दिन देखिएको अहिलेसम्मकै बढी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ११ हजार ४५८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा २ हजार २० जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ६१ हजार ५९२ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ८७१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ४३ हजार ८२० पुगेको छ ।

त्यसैगरी शून्य संक्रमितहरू रहेका जिल्ला ६ वटा छन भने ५ सय भन्दा माथि उपचाररत संक्रमितहरू रहेका जिल्ला ११ वटा छन् ।

देशभरका क्वारेनटिनमा ७ हजार ८३८ जना रहेका छन् । होम क्यारेनटिनमा ८ हजार ३६ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ९ हजार २ सय जना रहेका छन् । आइसीयूमा १३ जना र भेन्टीलेटरमा ३६ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *