काठमाडौँ उपत्यकाका एक चौथाई कोरोना संक्रमित स्वास्थ्यकर्मी र सुरक्षाकर्मी

काठमाडौँ, २ असोज । भदौको अन्तिम साता अर्थात २५ देखि ३१ सम्म काठमाडौँ उपत्यकामा ४ हजार२२१ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिए । ती संक्रमितहरुमध्ये एक चौथाई भने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी रहेको पाइएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २५ देखि ३१ भदौसम्मको अवधीमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी गरी १ हजार ९ जना संक्रमित भएका छन् । यो संख्या उपत्यकामा सो अवधीमा संक्रमित कुल संख्याको २३.९० प्रतिशत हो ।
इडीसीडीका अनुसार सो सात दिनको अवधीमा स्वास्थ्यकर्मीहरु ३१३ जना ( ७.३४ प्रतिशत) संक्रमित भएका छन् । सुरक्षाकर्मीको संख्या ६९६ जना (१६.४८ प्रतिशत) रहेको छ ।

इडिसिडीका अनुसार २५ भदौमा उपत्यकामा ५७२ जनामा संक्रमण देखिँदा ३५ जना स्वास्थ्यकर्मी र १५२ जना सुरक्षाकर्मी थिए । २६ भदौमा ६९६ जनामा संक्रमण देखिदा ३० जना स्वास्थ्यकर्मी र १५० जना सुरक्षाकर्मी संक्रमणमा परेका थिए । २७ भदौमा ४३१ जनामा संक्रमण देखिदा ५० जना स्वास्थ्यकर्मी र २८ जना सुरक्षाकर्मीमा संक्रमण देखिएको थियो ।

यस्तै २८ भदौमा ५९७ जनामा कोरोना संक्रमण देखिदा ३१ जना स्वास्थ्यकर्मी र ८१ जना सुरक्षाकर्मी संक्रमणमा परेका थिए । २९ भदौमा ५१२ ज६७६ जनामा कोराना संक्रमण दखिदा ५३ जना स्वास्थ्यकर्मी र १६० जना सुरक्षाकर्मीमा संक्रमण देखिएको थियो र ३१ भदौमा ७३७ जनामा कोरोना संक्रमण देखिदा ५९ जना स्वास्थ्यकर्मी र ७८ जना सुरक्षाकर्मीमा संक्रमण देखिएको छ ।

इडिसिडीका निर्देशक डा बासुदेव पाण्डेका अनुसार स्वासथ्यकर्मीहरुमा अधिकांश अस्पतालको फ्रन्टलाइनमा कार्यरत चिकित्सक रहेका छन् । त्यसपछि नर्स, अरु स्वासथ्यकर्मी र सरसफाईमा कार्यरत कर्मचारीहरु रहेका छन् ।  यस्तै सुरक्षाकर्मीमा पनि अधिकांश फ्रन्टलाइनमा खटिने नेपाल प्रहरीका जवान छन्, त्यसपछि सशस्त्र प्रहरी र नेपाली सेना समेत रहेका छन् ।

‘कतिपय भिड नियन्त्रणमा खटिनेहरु, कतिपय एउटै समूहमा रहेकाहरुमा संक्रमण बढी देखिएको छ,’ उनले भने ।

उनले ठूलो संख्यामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा संक्रमण देखिदा यसले उपत्यकामा संक्रमणको जोखिम भयावह रुपमा देखिएको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *