गण्डकी प्रदेशमा थपिए २८ जना कोरोना संक्रमित

पोखरा, १ असोज । गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखा परेको छ ।
क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार ५ जिल्ला कास्कीका ८, तनहुँका ४, गोरखाका २, वागलुङका ४ र नवलपरासीका १२ जना छन् ।
सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।
यो अपडेटसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार २०६ पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



