काठमाडौँ उपत्यकामा एक दिनमै थपिए ७३७ जना कोरोना संक्रमित,

काठमाडौँ, ३१ भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ७३७ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या उपत्यकामा एकै दिनमा देखिएको अहिलेसम्मकै बढी हो भने देशभर चौविस घण्टामा देखिएको संख्याको ४८ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँमा ६५२ जना, ललितपुरमा ६० जना र भक्तपुरमा २५ जना गरी कुल ७३७ जनामा संक्रमण देखिएको हो । यस्तै आज देशभरको संक्रमण पनि अहिलेसम्मकै बढी छ । आज देशभर १० हजार ४९४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५३९ जनामा कोरोना संक्रमण देखिएको छ । तर, यहि अवधीमा १ हजार ६८ जनाले कोरोना जितेर डिस्चार्ज भएको डा गौतमले सुनाए ।

आज देशभरका आइसीयूमा १७८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ भने भेन्टिलेटरमा उपचार गराउनेको संख्या २६ रहेको छ ।

संक्रमणको संख्या बढ्दै जाँदा सरकारले १ असोज अर्थात भोलि देखि लामो दुरीको यातायात र आन्तरिक हवाई उडान सञ्चालनमा ल्याउने बताएको छ । यसले संक्रमणको जोखिम थप बढने निश्चित देखिएको छ । प्रवक्ता डा गौतमले यात्रामा निस्कदाँ स्वास्थ्य सुरक्षाका सावधानी अपनाउन आम सर्वसाधारणलाई आग्रह गरेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *