काठमाडौँ उपत्यकामा शुक्रबार थप ६९६ जनामा कोरोना संक्रमण

0
Shares

काठमाडौँ, २६ भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ६९६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जनामा कोरोना संक्रमण देखिएको हो । यो संख्या काठमाडौँ उपत्यकामा एकै दिन देखिएको अहिलेसम्मकै बढी हो ।

आजको संख्या संगै काठमाडौँ उपत्यकामा संक्रमितको संख्या १० हजार नाघेको छ । मन्त्रालयका अनुसार आजको संगै उपत्यकामा कोराना संक्रमितको संख्या १० हजार ७ सय ८ पुगेको छ। काठमाडौंमा ८ हजार ७ सय २६ ललितपुरमा १ हजार ९२ र भक्तपुरमा ८९० संक्रमित देखिएका छन् ।

यसैगरी पछिल्लो चौविस घण्टामा १० हजार ७०१ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४५४ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या एकै दिन देखिएको अहिलेसम्मकै बढि संक्रमण हो ।

यहि अवधीमा कोरोना जितेर ९७२ जना डिस्चार्ज भएका छन् । मन्त्रालयले आइसीयूमा भएका संक्रमितको संख्या १७२ जना रहेको बताएको छ । यो सातवटै प्रदेशको तथ्यांक हो ।

यस्तै भेन्टिलेटरमा रहनेको संख्या २५ रहेको छ । यहि अवधीमा कोरोना संक्रमित ५ जनाले ज्यान गुमाएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *