पाटन अस्पतालमा उपचाररत काठमाडौँका थप एक कोरोना संक्रमितको मृत्यु

0
Shares


काठमाडौँ, २६ भदौ । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृत्यु हुनेमा काठमाडौँ निवासी ६३ वर्षीय पुरुष हुन् । भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचारमा रहेका उनको उपचारकै क्रममा आज बिहान ३ बजे मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो ४ बजेसम्मको तथ्यांक जारी गर्दै नेपालमा ३१७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी गराएको थियो।

त्यसैगरी नेपालमा हालसम्म ५० हजार ४६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितमध्ये ३५ हजार ७ सय जना निको भई डिस्चार्ज भएका छन्। भने हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *