विष सेवन पछि मृत्यु भएकी ७० बर्षीया महिलामा कोरोना पोजेटिभ

0
Shares


काठमाडौँ, २५ भदौ । विष सेवन पछि उपचार कै क्रममा मृत्यु भएकी ७० बर्षीया महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । चावहिलस्थित हेल्पिङ ह्याण्ड्स अस्पतालमा बुधबार राती मृत्यु भएकी ७० बर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

काठमाडौँ हाँडीगाँउकी ती महिला महिलाले गत २२ भदौमा विष सेवन गरेपछि परिवारले हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पतालमा उपचारका लागि ल्याएको थियो ।

‘ शुरुमा आइसोलेसन वार्डमा राखेर उपचार गर्दा लक्षण देखिएपछि पीसीआर परीक्षण गरिएको थियो । र रिपोर्ट पोजेटिभ आयो र उहाँको हिजो बेलुका ८ बजे उपचारकै क्रममा मृत्यु भयो,’ अस्पताल स्रोतले भन्यो ।

अस्पतालले अहिले भर्ना गर्नु पर्ने बिरामीलाई शुरुमा आइसोलेसनमा राख्ने र आवश्यकता अनुसार वार्डमा सिफ्ट गर्ने गर्दछ ।
हेल्पिङ ह्याण्ड्स अस्पतालले आफूकहाँ कोरोनाबाट मृत्यु भएको यो पहिलो केश भएको बताएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *