काठमाडौँ उपत्यकामा थप ४६४ जनामा कोरोना संक्रमण
काठमाडौँ, २४ भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ४६४ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या काठमाडौ उपत्यकामा एकै दिन देखिएको अहिलेसम्मकै दोस्रो बढी हो ।
यसअघि १६ भदौका दिन सबैभन्दा बढी अर्थात उपत्यकामा एकै दिन ४८१ जनामा कोरोना संक्रमण देखिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमलले काठमाडौँ ३९४ जना, भक्तपुरमा ३६ र ललितपुरमा ३४ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । उपत्यकामा तीन साता लामो निषेधाज्ञा सकिने दिन आजै सबै भन्दा बढी संक्रमित देखिएको हो ।
डा गौतमले पछिल्लो समय देशभर १ हजार ८१ जनामा संक्रमण देखिएको र ९१८ जना कोरोना मुक्त भएको बताए ।
पछिल्लो चौविस घण्टामा ११ हजार १६७ जनाको पीसीआर टेष्ट गरिएको मन्त्रालयले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

