कोरोना संक्रमणबाट पोखरामा थप एक महिलाको मृत्यु

0
Shares


गण्डकी, २३ भदौ । कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमणका कारण आज पोखरामा एक महिलाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं १० की ७३ वर्षीया महिलाको कोरोना भाइरसको सङ्क्रमण भई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसियुमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक प्राड अर्जुन आचार्यले जानकारी दिए ।

उनका अनुसार ती महिलाको दिउँसो मृत्यु भएको हो । यो अस्पतालमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेमा ती महिला नवौं व्यक्ति रहेको अस्पतालले जनाएको छ ।

अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *