पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३०६ पुग्यो

काठमाडौँ, २३ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा थप ६ जनाको मृत्यु भएको बताए ।

मृत्यु हुनेमा १ जना महिला र ५ जना पुरुष गरी थप ६ जना हुन् । जसमा काठमाडौँका ८० वर्षीया महिला, काठमाडौँकै ८५ वर्षीय पुरुष सुनसरीका ७० वर्षीय,  कपिलवस्तुका ६२ वर्षीय ,पर्साका ५४ र ६० वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी गराए ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप ९०२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भने थप २ हजार २८७ जना कोरोना जितेर घर फर्किएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *