देशभर थपिए ९०२ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४८ हजार नाघ्यो

काठमाडौँ, २३ भदौ । पछिल्लो चौविस घण्टामा देशभर ९०२ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १० हजार ६११ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। आजसम्म पीसीआर परीक्षण ७ लाख ८८ हजार १७४ जनाको भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ९०२ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २८७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । आज डिस्चार्ज हुनेको संख्या अहिलेसम्मकै धेरै हो । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ३२ हजार ९६४ सय पुगेको छ ।

शून्य संक्रमितहरू रहेका जिल्ला ६ वटा छन भने ५ सय भन्दा माथि उपचाररत  संक्रमितहरू रहेका जिल्ला ८ वटा छन् ।

देशभरका क्वारेनटिनमा ५ हजार  ३१० जना रहेका छन् । त्यसैगरी होम क्यारेनटिनमा ६ हजार ८१५ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ८ हजार ५३ जना रहेका छन् । भेन्टीलेटरमा २३ जना छन् । त्यसैगरी आइसीयूमा १४४ जना उपचाररत छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *