कांग्रेस महामन्त्री शशांकलाई कोरोना संक्रमण

काठमाडौँ, २३ भदो । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण देखिएको छ । ह्याम्स अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको पारिवारिक श्रोतले जानकारी दियो ।

यद्धपी आजै स्टार अस्पतालको प्रयोगशालाले पनि उनको नमूना जाँचका लागि पठाइएको छ । त्यहाँको रिपोर्ट भने आइसकेको छैन् ।

उपत्यकामा संक्रमण बढेपछि कोइरालाले परिवार तथा सचिवालयका सबै सदस्यहरुको कोरोना जाँच गराएका थिए । अरुको रिपोर्ट भने बेलुकासम्म आउने बताइएको छ ।

मंगलबार विहान पोजेटिभ रिपोर्ट आएपनि उनमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन् । त्यसैले उनी होम आइसोलेसनमा बसेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *