काठमाडौँ उपत्यकामा थप ३२६ जनामा कोरोना संक्रमण

काठमाडौँ, २२ भदौ । काठमाडौँ उपत्यकामा थप ३२६ जनामा कोरोना संंक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
उनले पछिल्लो चौविस घण्टामा काठमाडौँमा २९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ गरी कुल ३२६ जनामा कोरोना संक्रमण देखिएको बताए ।
पछिल्लो चौविस घण्टामा ९ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा देशभर ९७९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ३३८ जना महिला र ६४१ पुरुष हुन् ।
यहि अवधीमा १ हजार ७३६ जना कोरोना मुक्त भएका छन् । अहिलेसम्म ३० हजार ७७७ जना डिस्चार्ज भएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




