देशभर थपिए ९७९ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४७ हजार २३६

 

काठमाडौँ, २२ भदौ । पछिल्लो चौविस घण्टामा देशभर ९७९ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ९ हजार २१८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ९७९ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७३६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । आज डिस्चार्ज हुनेको संख्या अहिलेसम्मकै धेरै हो । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ३० हजार ६७७ सय पुगेको छ ।

संक्रमित शून्य रहेका जिल्ला ५ वटा छन भने ५ सय भन्दा माथि संक्रमित रहेका जिल्ला ११ वटा छन् ।

देशभरका क्वारेनटिनमा ४ हजार ७३९ जना रहेका छन् । त्यसैगरी होम क्यारेनटिनमा ७ हजार १९० रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ९ हजार ६९जना रहेका छन् । भेन्टीलेटरमा २० जना छन् । त्यसैगरी आइसीयूमा १७१ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *