परिवारको सदस्यमा कोरोना देखिएपछि स्वास्थ्य मन्त्री ढकाल क्वारेन्टिनमा

काठमाडौँ, २१ भदौ ।  स्वास्थ्य मन्त्री भानुभक्त ढकालको परिवारको एक जना सदस्यमा कोरोना भाइरस (कोभिड – १९) को संक्रमण देखिएको छ । परिवारको सदस्यमा संक्रमण देखिएपछि मन्त्री ढकाल पछिल्लो तीन दिन देखि होम क्वारेन्टिनमा बसेका छन् ।

उनले पाँच – छ दिनपछि पीसीआर परीक्षण गराउने जानकारी दिएका छन् । ‘परिवारको एक जना सदस्यमा संक्रमण देखियो । संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ कै आधारमा पनि  म क्वारेन्टिनमा बस्नु प¥यो । त्यहि अनुसार बसेको छु । अब पाँच छ दिन पछि पीसीआर जाँच गराउनु पर्ला,’   मन्त्री ढकालले भने ।

उनले संक्रमित सदस्य पनि होम आइसोलेनमा बसेको जानकारी दिए ।

‘स्वास्थ्य अवस्था हामी सबैको सामान्य छ । मैले यहिबाट भर्च्युअल रुपमा मन्त्रालयको आवश्यक कामहरु गरिनै राखेको छु ,’ उनले  भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *