काठमाडौँ उपत्यकामा थप ३५४ जनामा कोरोना संक्रमण

काठमाडौ, २१ भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ३५४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधीमा काठमाडौँमा २९० जना, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जना गरी ३५४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यहि अवधिमा देशभर भने ९८० जनामा कोरोना संक्रमण देखिएको थियो । तर पछिल्लो चौविस घण्टामा १ हजार ८१४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यो एकै दिन सबैभन्दा बढी डिस्चार्ज भएको अहिलेसम्मकै बढि हो ।

पछिल्लो साता काठमाडौँ उपत्यकामा नयाँ संक्रमितको संख्या ३ सय भन्दा कम देखिएको छैन् । यसले काठमाडौँ उपत्यका कोरोनाको उच्च जोखिममा रहेको थप प्रष्ट पारेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *