पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २८९ पुग्यो

0
Shares


काठमाडौँ, २१ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा थप ९ जनाको मृत्यु भएको बताए ।

मृत्यु हुनेमा २ जना महिला र ७ जना पुरुष गरी थप ९ जना हुन् । जसमा मोरङ र झापाको एक / एक जना महिला र काठमाडौँका ३ सहित मोरङ, पर्सा, धनुषा र चितवनको एक/ एक जना पुरुषको मृत्यु भएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी गराए ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप ९८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भने थप १ हजार ८१४ जना कोरोना जितेर घर फर्किएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *